कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ।
जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो। गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले नेता श्रेष्ठको निधन भएको पुष्टि गरेका छन्। उनका अनुसार नेता श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिनेछ।
त्यसपछि शवयात्रासहित पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने कार्यक्रम रहेको पूर्वमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले गत साउन ७ गते गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गरिएको घोषणा गरेका थिए।







