कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।
पार्टीका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक बुधबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशनात्मक अनुरोध गरिएको छ।
बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।







