गोपालमान श्रेष्ठको निधनप्रति देउवाको दुःख व्यक्त
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
देउवाले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्। उनले दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निर्वाह गरेको अग्रणी भूमिका सधैँ स्मरणीय रहने उल्लेख गर्दै राष्ट्र र नेपाली कांग्रेसले एक अनुभवी तथा समर्पित नेता गुमाएको बताएका छन्।







