सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ।
रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ।
रास्वपाको सचिवालयका अनुसार बैठकका लागि सबै दललाई औपचारिक पत्राचार गरिएको छ भने सभापति लामिछानेले प्रमुख नेताहरूसँग टेलिफोनमार्फत पनि सहभागिताका लागि आग्रह गरेका छन्।
महामन्त्री आचार्यले सुनसरी घटनापछि उत्पन्न असहज परिस्थितिमा सामाजिक रूपमा फैलन सक्ने द्वेषलाई न्यूनीकरण गर्दै सद्भाव, शान्ति र सामाजिक एकता कायम गर्न राजनीतिक तहबाट साझा सन्देश र अपिल आवश्यक ठहरिएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताएका छन्।







