देवानगञ्ज घटनाबारे छलफल गर्न सर्वदलीय बैठक सुरु
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न अवस्था, सामाजिक सद्भाव तथा शान्ति–सुरक्षाका विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आयोजित बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी भएका छन्।
बैठकमा देवानगञ्ज घटनाको वस्तुस्थिति, शान्ति–सुरक्षा सुदृढीकरण, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा द्वेष फैलाउने गतिविधि नियन्त्रणका विषयमा छलफल भइरहेको जनाइएको छ।
बैठकले घटनाप्रति साझा धारणा सार्वजनिक गर्दै सबै पक्षलाई संयम अपनाउन, कानुनी प्रक्रियामा सहयोग गर्न तथा सामाजिक सद्भाव कायम राख्न अपिल गर्ने अपेक्षा गरिएको छ।
साथै घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही र प्रभावित क्षेत्रमा शान्ति पुनःस्थापनाका उपायबारे पनि छलफल भइरहेको स्रोतले जनाएको छ।







