सर्वदलीय बैठकबाट कांग्रेस सभापति गगन थापा बाहिरिए, प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङ सहभागी भएनन्
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा जारी सर्वदलीय बैठकबाट नेपाली कांग्रेसका सभापति गगन थापा बैठक नसकिँदै बाहिरिएका छन्।
बैठक सुरु भएको केही समयपछि थापा बैठकस्थलबाट बाहिरिएको जनाइएको छ। उनी किन बाहिरिएका हुन् भन्ने विषयमा भने तत्काल कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
सुनसरीको घटनालगायत समसामयिक राजनीतिक तथा शान्ति–सुरक्षासम्बन्धी विषयमा छलफल गर्न आयोजित बैठक अझै जारी छ। बैठकमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपाका संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।
तर बैठकमा सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह -बालेन र गृहमन्त्री सुधन गुरुङ सहभागी भने भएका छैनन् ।
बैठकबाट सामाजिक सद्भाव, शान्ति–सुरक्षा तथा समसामयिक राष्ट्रिय विषयमा साझा धारणा सार्वजनिक हुने अपेक्षा गरिएको छ।







