सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो, चाँदी १० रुपैयाँले बढ्यो

User Image Prime TV News ३ दिन अगाडि
Image of सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो, चाँदी १० रुपैयाँले बढ्यो

काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा घटेर प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। मंगलबार छापावाला सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ३१० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा हुने उतारचढाव र विनिमय दरको प्रभावका आधारमा नेपाली बजारमा सुनचाँदीको दैनिक मूल्य निर्धारण हुने गरेको छ।