गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन सानेपा पुगे विभिन्न राजनीतिक दलका नेता

User Image Prime TV News एक महिना अगाडि
Image of गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन सानेपा पुगे विभिन्न राजनीतिक दलका नेता

काठमाडौ । राजनीतिक दलका नेताहरुले नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सर्वदलीय बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका ससभापति रवि लामिछाने, नेकपा संयोजक पुष्पकमल दाहाल लगाएतका नेताहरु कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर श्रेष्ठको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन्। श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानेपास्थित कांग्रेस कार्यालयमा राखिएको छ।

नेपाली कांग्रेसका सभापति गगन थापाले श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका छन्। श्रद्धाञ्जली कार्यक्रमपछि बुधबार नै उनको अन्त्येष्टि गर्ने तयारी गरिएको कांग्रेसले जनाएको छ। श्रेष्ठको मंगलबार ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनको निधन ८३ वर्षको उमेरमा भएको हो।

कांग्रेस सभापति गगन थापाले यसअघि ७ साउनमा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरिएको घोषणा गरेका थिए। लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहेका श्रेष्ठले पार्टी संगठन, लोकतान्त्रिक आन्दोलन र राज्य सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।