संसदीय सुनुवाइ समितिबाट प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको नाम सर्वसम्मत अनुमोदन

User Image Prime TV News एक महिना अगाडि
Image of संसदीय सुनुवाइ समितिबाट प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको नाम सर्वसम्मत अनुमोदन

काठमाडौ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्तका लागि सिफारिस भएका उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

बुधबार बसेको समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम अनुमोदन गरेको हो।

निर्वाचन आयुक्तका लागि सिफारिस भएका वाग्ले र सुब्बाको संसदीय सुनुवाइ मंगलबार सम्पन्न भएको थियो भने प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित कार्कीको सुनुवाइ बुधबार गरिएको थियो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै अब संवैधानिक व्यवस्थाअनुसार उनीहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ।