प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डीपी अर्यालबीच भेट, संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल

User Image Prime TV News ३ दिन अगाडि
Image of प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डीपी अर्यालबीच भेट, संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डीपी अर्यालबीच बुधबार भेटवार्ता भएको छ।

संसदको आगामी बैठकलाई प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा दुवैबीच छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको बैठक बिहीबारदेखि निरन्तर सञ्चालन हुने तयारी भइरहेका बेला सभामुख अर्यालले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग संवादलाई तीव्र बनाएका छन्।

सोही क्रममा उनले प्रधानमन्त्री शाहसँग पनि छलफल गरेका हुन्। यसअघि बुधबार नै सभामुख अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’सँग पनि छुट्टै भेटवार्ता गरेका थिए। मंगलबार सभामुख अर्यालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे तथा नेपाल कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग पनि छुट्टाछुट्टै छलफल गरेका थिए।

त्यसैगरी, मंगलबार नै उनले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग पनि संसद सञ्चालन, कार्यसूची व्यवस्थापन तथा प्रभावकारी संसदीय अभ्यासका विषयमा छलफल गरेका थिए।