नेप्सेमा लगातार गिरावट, कारोबार रकम पनि घट्यो

User Image Prime TV News एक महिना अगाडि
Image of नेप्सेमा लगातार गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौ । नेपाली शेयर बजारमा बुधबार पनि गिरावट कायम रहेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.७९ अंकले घटेर २ हजार ६८८.८८ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन नेप्से ४.६४ अंकले घटेर २ हजार ६९६.६७ विन्दुमा बन्द भएको थियो। बुधबार सूचकसँगै कारोबार रकममा पनि कमी आएको छ।

नेप्सेका अनुसार आज ४ अर्ब २ करोड ९३ लाख ९० हजार रुपैयाँ बराबरका ९७ लाख ७७ हजार कित्ता शेयर दोस्रो बजारमा खरिद–बिक्री भएका छन्। अघिल्लो दिन ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रुपैयाँ बराबरका १ करोड ४ लाख २१ हजार कित्ता शेयर कारोबार भएको थियो।

आज म्युचुअल फन्ड र अन्य समूहबाहेक सबै प्रमुख उपसूचक ओरालो लागेका छन्। कुल १८६ कम्पनीको शेयर मूल्य घट्दा ७८ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ। बजार समग्र रूपमा घटे पनि एभरेष्ट कलरको शेयर मूल्यमा भने उच्च वृद्धि देखिएको छ। कम्पनीको शेयर मूल्य बुधबार पनि १४.९९ प्रतिशतले बढेको छ।