कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए पद तथा गोपनीयताको शपथ
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
सुर्खेतस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ बमोजिम मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथ ग्रहण समारोहमा प्रदेश सभाका सभामुख नन्दा गुरुङ, पूर्वमुख्यमन्त्रीहरू यामलाल कँडेल, जीवनबहादुर शाही र राजकुमार शर्मा, उपसभामुख यशोदा न्यौपाने, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी, प्रदेशसभा सदस्य, प्रमुख सचिव, प्रदेश सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
मुख्यमन्त्री शाही नेकपा एमालेको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। शपथ ग्रहणपछि उनले बुधबार नै पदभार ग्रहण गर्दै आफ्नो कार्यकाल औपचारिक रूपमा सुरु गरेका छन्।







