राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्।
भेटमा अध्यक्ष दाहालले देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रियसभाका संसदीय गतिविधि, संसद्को प्रभावकारिता, विचाराधीन विधेयक तथा आगामी कार्यसूचीबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
राष्ट्रपति पौडेलले संसदीय प्रक्रिया र लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरणमा राष्ट्रियसभाको भूमिकाबारे चासो राखेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।







