१५ दिनपछि आज बस्दै प्रतिनिधिसभा बैठक, अर्थसम्बन्धी विधेयक प्रस्तुत हुने

User Image Prime TV News २ दिन अगाडि
Image of १५ दिनपछि आज बस्दै प्रतिनिधिसभा बैठक, अर्थसम्बन्धी विधेयक प्रस्तुत हुने

काठमाडौ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार बैठकका लागि आवश्यक कार्यसूची तय गरिएको छ।

सरकारले आवश्यक बिजनेस उपलब्ध नगराएपछि गत असार ३१ गतेको बैठक स्थगित भएको थियो। त्यसयता १५ दिनपछि प्रतिनिधिसभाको बैठक पुनः बस्न लागेको हो।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको सचिवालयले जनाएको छ।