चिकित्सक संघको आन्दोलन फिर्ता संगै अस्पतालका सबै सेवा नियमित
Prime TV News २ दिन अगाडि 
काठमाडौ । चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै देशभरका अस्पतालमा आजदेखि नियमित सेवा सञ्चालनमा आएको छ।
सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ भएको सहमतिपछि अस्पतालहरूले आकस्मिकसहित सबै सेवा नियमित रूपमा प्रदान गर्न थालेका हुन्।
स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघबीच बुधबार भएको वार्तामा पाँचबुँदे सहमति भएको थियो। सहमतिसँगै संघले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको जनाएको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। संघको आह्वानमा मंगलबार र बुधबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका अन्य सेवा प्रभावित भएका थिए।
सरकारसँग भएको सहमतिपछि उपचार सेवा पुनः सामान्य अवस्थामा फर्किएको र बिरामीहरूले नियमित स्वास्थ्य सेवा पाउने भएका छन्।







