प्रतिनिधिसभा बैठक विपक्षीको अवरोध
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको बैठक बिहीबार विपक्षी दलहरूको विरोधबीच सुरु भएको छ।
सिंहदरबारस्थित संघीय संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गरेलगत्तै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्। विपक्षी सांसदहरूले सरकारसँग सम्बन्धित विभिन्न विषयमा आफ्नो असन्तुष्टि जनाउँदै बैठकमा अवरोध गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भन्ने जवाफ दिएपछि विपक्षीहले उठेर विरोध गर्दै आइरहेका छन् ।






