सरकारलाई कांग्रेसको प्रश्नः कप्तानगञ्जमा किन गोली चलाउनु पर्ने अबस्था आयो ?
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्जमा भएको गोलीकाण्डबारे सरकारसँग जवाफ माग गर्दै घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले उक्त घटनामा ओमप्रकाश मेहताको मृत्यु भएको विषय उठाउँदै नागरिकको ज्यान जानेगरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्नेबारे सरकारले संसद्लाई स्पष्ट जवाफ दिनुपर्ने बताइन्।
“नागरिकको ज्यान जानेगरी गोली चलाउनुपर्ने अवस्था किन आयो? यसको जवाफ सदनमा दिनुपर्छ,” उनले भनिन्। घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै उनले निष्पक्ष र पारदर्शी छानबिनको माग गरिन्।
थापाले प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकाको मेयर रहेका बेला सामाजिक सञ्जालमा व्यक्त गरेका विचार स्मरण गराउँदै अहिले सत्तामा पुगेपछि व्यवहार परिवर्तन भएको आरोपसमेत लगाइन्। उनले सरकारको पहिलो दायित्व नागरिकको जिउधनको सुरक्षा गर्नु रहेको उल्लेख गर्दै यस्ता घटनाको सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरिन्।







