एमाले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । विपक्षी दल नेकपा एमालेले सुनसरीको कप्तानगञ्जमा भएको घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले राजीनामा दिनुपर्ने माग गरेको छ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सुनसरी घटनाले सरकारको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको बताइन्। उनले घटनाप्रति सरकारले स्पष्ट जवाफ दिनुपर्ने र त्यसको नैतिक जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने धारणा राखिन्।
अर्यालले यति ठूलो घटना हुँदा प्रधानमन्त्रीको भूमिकामाथि पनि प्रश्न उठाउँदै संकटको समयमा सरकारको नेतृत्व सक्रिय र जवाफदेही हुनुपर्ने बताइन्। उनले सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी स्वीकार गरी पदबाट राजीनामा दिनुपर्ने बताइन्।






