गगन थापाको प्रस्ताव : कांग्रेसमा समयमै महाधिवेशनको दबाब
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नियमित महाधिवेशन समयमै गर्नुपर्ने मागसहित औपचारिक प्रस्ताव अघि सारेका छन्। ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा थापाले पार्टीको १५औं महाधिवेशन यही मंसिरभित्रै सम्पन्न गर्नुपर्ने धारणा प्रस्तुत गरेका हुन्।
नेता शशांक कोइरालाका अनुसार, थापाले बैठकमै महाधिवेशनका लागि प्रक्रिया सुरु गर्न प्रस्ताव गरेका छन्। “महामन्त्री गगन थापाले नियमित महाधिवेशनका लागि प्रस्ताव ल्याउनुभएको छ,” कोइरालाले जानकारी दिए।
कांग्रेसको पछिल्लो महाधिवेशन २०७८ सालको मंसिरमा सम्पन्न भएको थियो। पार्टी विधानअनुसार चार वर्षको कार्यकाल यही मंसिरमा पूरा हुँदैछ। त्यसैले समयमै महाधिवेशन गर्नुपर्ने आवाज थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले निरन्तर उठाउँदै आएका छन्।
बैठकमा असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको कार्यसूचीबारे छलफल भएको छ । बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने छलफलमा सहभागी भएनन्। देउवा नेतृत्वले अहिलेसम्म महाधिवेशनको मिति र प्रक्रिया सार्वजनिक गरेको छैन।













