सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो

User Image Prime TV News एक महिना अगाडि
Image of सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो

काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर दुई लाख ८४ हजार रुपैयाँ पुगेको छ। यता, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर चार हजार ३१० रुपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य चार हजार ३१० रुपैयाँ निर्धारण गरिएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको कारोबार जारी रहेको छ।