राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुँदै
Prime TV News २ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको छ।
प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा पछिल्लो समय मुलुकमा विकसित सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषय तथा शान्ति–सुरक्षासम्बन्धी मुद्दामा छलफल भइरहेको जनाइएको छ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिव सदस्य रहने कानुनी व्यवस्था छ।







