स्मार्ट टेलिकम र एनसेल प्रकरणमा सोधपुछका लागि व्यवसायी उपेन्द्र महतो सीआईबीमा उपस्थित
Prime TV News २ दिन अगाडि 
काठमाडौ । स्मार्ट टेलिकम र एनसेलसँग सम्बन्धित प्रकरणमा सोधपुछका लागि व्यवसायी उपेन्द्र महतो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उपस्थित भएका छन्।
सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार महतो आफैं कार्यालयमा उपस्थित भएका हुन्। उनका अनुसार महतोसँग अनुसन्धानका क्रममा आवश्यक विषयमा सोधपुछ भइरहेको छ। सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारी स्वामित्व कमजोर पार्न खोजिएको आरोपमा सीआईबीले अनुसन्धान अघि बढाएको हो।
यसै प्रकरणमा गत वैशाख २२ गते तत्कालीन स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशी पक्राउ परेका थिए। उनलाई सरकारी नियन्त्रणमा पुगिसकेको सम्पत्ति बदनियतपूर्वक लिलामी गर्न बैंकलाई मञ्जुरी दिएको आरोप लागेको छ।
जोशीपछि लिलामी प्रक्रियामा संलग्न रहेको आरोपमा पलिना श्रेष्ठ र नरेन्द्र उलाकलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।







