जनकपुर क्षेत्रमा कर्फ्यु आदेश जारी, प्रदर्शन चर्किएपछि प्रशासनको निर्णय
Prime TV News एक महिना अगाडि 
जनकपुरधाम । प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकासहित आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरेको हो। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिका तथा नगराइन नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।
प्रशासनले पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै शान्ति सुव्यवस्था कायम राख्न कर्फ्यु लगाइएको जनाएको छ। कर्फ्यु आदेशको पूर्ण पालना गर्न स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।






