सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । सरकारले भूमि समस्या समाधान आयोग र जिल्लास्तरका सबै समितिहरू खारेज गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले २०८१ सालमा गठन भएको भूमि समस्या समाधान आयोग र जिल्लास्तरका समितिहरूलाई औपचारिक रूपमा खारेज गर्ने निर्णय गरेको हो ।
केपी ओली नेेतृत्वकव सरकारले भूमिहीन, दलित, सुकुमवासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि भूमि समस्या समाधान आयोग गठन गर्नुका साथै उक्त आयोगका अध्यक्ष, उपाध्यक्ष तथा सदस्य नियुक्त गरेको थियो । भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ मा भएको व्यवस्थाबमोजिम ओली सरकारले सो आयोग गठन गरेको थियो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले अध्यागमन र भिजिट भिसासम्बन्धी समस्याहरू समाधान गर्न गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ।







