सुनसरी जाँदै गृहमन्त्री गुरुङ, मृतकका परिवारसँग भेट्ने
Prime TV News २ दिन अगाडि 
काठमाडौ । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज जाने भएका छन्।
सुनसरी घटनामा ज्यान गुमाएका दुई जनाका परिवारसँग भेट गर्न उनी बिहीबार त्यसतर्फ जान लागेका हुन्। गृहमन्त्री गुरुङले गत साउन १० गते भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता तथा सोही घटनामा घाइते भई उपचारका क्रममा बिहीबार मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम रहेको छ।े
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गृहमन्त्रीसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि सुनसरी जानेछिन्। स्वास्थ्यमन्त्री मेहताको गृहजिल्ला पनि सुनसरी नै हो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री गुरुङबीच तराई–मधेसका पछिल्ला घटनाक्रमबारे छलफल भएको थियो।
सोही छलफलपछि गृहमन्त्री गुरुङ घटनास्थल पुगेर स्थानीय अवस्था बुझ्ने तथा पीडित परिवारसँग भेट गर्ने कार्यक्रम तय भएको जनाइएको छ।







