सुन प्रकरणमा माओवादी उपाध्यक्ष महरासँग अख्तियारको बयान

User Image Prime TV News ११ महिना अगाडि
Image of सुन प्रकरणमा माओवादी उपाध्यक्ष महरासँग अख्तियारको बयान

काठमाडौ। भेपको बट्टाभित्र लुकाइएका ९ किलो सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ।

महरासँग उक्त तस्करी प्रकरणमा उनले तत्कालीन भन्सार प्रमुख र अन्य सरकारी कर्मचारीहरूसँग गरेको भनसुनबारे सोधपुछ गरिएको हो। महरा बिहीबार दिउँसो टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयमा उपस्थित भएका थिए।

आयोगले सार्वजनिक पदमा रहेर तस्करीमा संलग्न हुने वा सहयोग पुर्‍याउने सम्भावित व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाइरहेको जनाएको छ। महरासँगको बयानपछि प्राप्त तथ्य र विवरणका आधारमा आगामी कानुनी प्रक्रिया तय गरिने अख्तियारले जनाएको छ ।