प्रमुख निर्वाचन आयुक्त कार्कीले लिए पद तथा गोपनीयताको सपथ

User Image Prime TV News २ दिन अगाडि
Image of प्रमुख निर्वाचन आयुक्त कार्कीले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौ । नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रमुख आयुक्त कार्कीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्। कार्की सर्वोच्च अदालतको रजिस्ट्रारका रूपमा कार्यरत रहँदा संवैधानिक परिषद्बाट प्रमुख निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका थिए।

संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएपछि उनले पद तथा गोपनीयताको सपथ लिएका हुन्। प्रधानन्यायाधीशबाट सपथ लिएलगत्तै प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचन आयुक्त गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई पनि पद तथा गोपनीयताको सपथ गराए।

सपथ समारोह सम्पन्न भएपछि प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरू पदबहालीका लागि निर्वाचन आयोग पुगेका छन्।