प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतलनिवासमा भेटवार्ता
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेट गरेकी छन्।
मन्त्रिपरिषद्को बैठक सम्पन्न भएपछि प्रधानमन्त्री कार्की राष्ट्रपति निवास पुगेर पछिल्ला राजनीतिक विषयमा छलफल गरेकी हुन्।
भेटमा मुलुकको वर्तमान राजनीतिक अवस्था, आसन्न निर्वाचनको तयारी र अन्य समसामयिक विषयमा विस्तृत संवाद भएको थियो।
भेटमा प्रधानमन्त्रीले सरकारका ताजा निर्णय र आगामी कार्ययोजना बारे राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन्।भेटलाई वर्तमान राजनीतिक परिस्थिति र आगामी निर्वाचनको सन्दर्भमा अत्यन्त महत्वपूर्ण मानिएको छ।







