नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

User Image Prime TV News एक दिन अगाडि
Image of नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ।

बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार बढेको छ। बिहीबार प्रतितोला चार हजार तीन सय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर चार हजार तीन सय ६० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ। शुक्रबार सुन प्रतिऔंस चार हजार ८१ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।