सामाजिक द्वेष फैलाउने गतिविधिमा नलाग्न सशस्त्र प्रहरीको आग्रह

User Image Prime TV News एक दिन अगाडि
Image of सामाजिक द्वेष फैलाउने गतिविधिमा नलाग्न सशस्त्र प्रहरीको आग्रह

काठमाडौ । सशस्त्र प्रहरी बल नेपालले सामाजिक द्वेष फैलाउने तथा धार्मिक सहिष्णुता बिथोल्ने गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ।

सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले सूचना जारी गर्दै हिंसात्मक, गैरकानुनी र उत्तेजक गतिविधिबाट टाढा रहन अनुरोध गरेका हुन्। उनले सामाजिक सद्भाव कायम राख्न तथा शान्ति–सुव्यवस्था कायम गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

सशस्त्र प्रहरी बलले देशमा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न अन्य सुरक्षा निकायसँग समन्वय गर्दै आवश्यक भूमिका निर्वाह गरिरहेको जनाएको छ।