गणेश यादवको मृत्युको विरोधमा सिरहामा प्रदर्शन, गृहमन्त्रीको प्रवेश रोक्ने चेतावनी
Prime TV News एक दिन अगाडि 
काठमाडौ । सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका आफन्त र स्थानीयवासीले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध विरोध प्रदर्शन गरेका छन्।
औरही गाउँपालिका–२ तुलसियाहीका यादवको परिवारलाई भेट्न गृहमन्त्री गुरुङ आउने जानकारी पाएपछि स्थानीयले सिरहाको बनिनिया चोकमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले मृतकले न्याय नपाएसम्म गृहमन्त्रीलाई क्षेत्रमा प्रवेश गर्न नदिने चेतावनी दिएका छन्। उनीहरूले हातमा विभिन्न मागसहितका प्लेकार्ड बोकेर सरकार र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।
बिहीबार सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा १५ वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका छन्। घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने माग प्रदर्शनकारीहरूले राखेका छन्।







