चार दिनको गिरावटपछि नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम पनि वृद्धि
Prime TV News एक दिन अगाडि 
काठमाडौ । लगातार चार दिनसम्म ओरालो लागेको नेपाली सेयर बजार आज भने दोहोरो अंकले बढेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक शुक्रबार १२ दशमलव ९६ अंकले वृद्धि हुँदै २ हजार ६ सय ८५ दशमलव ५४ बिन्दुमा पुगेर बजार बन्द भएको हो। नेप्सेसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ। शुक्रबार ३ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ८८ लाख ४१ हजार ८ सय ९ कित्ता सेयर किनबेच भएका छन्।
यसअघि बिहीबार कुल ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार हुँदा ७५ लाख ४८ हजार ५ सय ९१ कित्ता सेयर कारोबार भएको थियो। आज कारोबार भएका कम्पनीमध्ये १८० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ वटा कम्पनीको मूल्य घटेको छ। १३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
शुक्रबार रिडी पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १७ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै, ग्लोबल आईएमई बैंकको १५ करोड ३२ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सको १४ करोड ८३ लाख रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सको ११ करोड ६० लाख रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकको १० करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।







