राष्ट्रियसभा बैठक साउन १८ गतेसम्म स्थगित

User Image Prime TV News एक दिन अगाडि
Image of राष्ट्रियसभा बैठक साउन १८ गतेसम्म स्थगित

काठमाडौ । राष्ट्रियसभाको बैठक साउन १८ गतेसम्मका लागि स्थगित भएको छ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक साउन १८ गते सोमबार दिउँसो १ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरेका हुन्। शुक्रबारको बैठकले पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रियसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

सभाले श्रेष्ठको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको थियो। त्यस्तै, बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रियसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।अर्को बैठकमा संसद्को नियमित कार्यसूचीअनुसार छलफल तथा कामकारबाही अघि बढाइने जनाइएको छ।