नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो, प्रतितोला सुन २ लाख ८३ हजार २ सय रुपैयाँ

User Image Prime TV News ४ घण्टा अगाडि
Image of नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो, प्रतितोला सुन २ लाख ८३ हजार २ सय रुपैयाँ

काठमाडौ । नेपाली बजारमा आइतबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ। महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यसअघि शुक्रबार प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको हो। शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ३ सय ४० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३ सय १५ रुपैयाँ तथा १० ग्राम ३ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँ तथा १० ग्राम ३ हजार ७ सय ३८ रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ र १० ग्राममा ३८ रुपैयाँले घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र अमेरिकी डलरको विनिमय दरका आधारमा नेपाली बजारमा दैनिक रूपमा सुन–चाँदीको मूल्य निर्धारण हुने गर्दछ।