गोलबजारमा कर्फ्यू खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवागमन खुला
Prime TV News एक दिन अगाडि 
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कर्फ्यू आदेश आइतबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि खुकुलो गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको समीक्षा तथा स्थानीय परिस्थितिको विश्लेषणपछि कर्फ्यू अस्थायी रूपमा खुकुलो पारिएको हो। प्रशासनले स्थानीय अवस्थाको थप मूल्यांकनपछि कर्फ्यूलाई थप खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने विषयमा आवश्यकतानुसार पुनः सूचना जारी गरिने जनाएको छ।
कर्फ्यू खुकुलो गरिएको अवधिमा गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सार्वजनिक तथा निजी सवारीसाधनलाई आवश्यक सहजीकरण गरिने पनि प्रशासनले जनाएको छ। यद्यपि, कर्फ्यू खुकुलो रहेको समयमै पनि पाँच जनाभन्दा बढी व्यक्तिको समूहमा भेला हुन नपाइने व्यवस्था यथावत् रहने उल्लेख गरिएको छ।







