मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ, सार्वजनिक शान्ति सुरक्षा सम्बन्धी कसुरमा अनुसन्धान

User Image Prime TV News ४ घण्टा अगाडि
Image of मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ, सार्वजनिक शान्ति सुरक्षा सम्बन्धी कसुरमा अनुसन्धान

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार भक्तपुर प्रहरीको टोली राति करिब १० बजे प्रसाईलाई पक्राउ गर्न भक्तपुरको निकोसेरास्थित निवास पुगेको थियो।

भक्तपुर प्रहरी प्रमुख (एसपी) सूर्य खड्काले सार्वजनिक शान्ति सुरक्षा खलबल्याएको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको जानकारी दिए। प्रसाईले पक्राउ पर्नुअघि शनिबार दिउँसो पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका थिए।

प्रहरीले आइतबार अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाइने जनाएको छ। यसअघि पनि सार्वजनिक शान्ति सुरक्षासम्बन्धी विभिन्न आरोपमा प्रसाईं पटक–पटक पक्राउ परेका थिए।