रोल्पामा ४.४ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेटमा गएको भूकम्पको धक्का रोल्पा र आसपासका जिल्लामा महसुस गरिएको थियो।
भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने हालसम्म प्राप्त नभएको केन्द्रले जनाएको छ।







