देशका अधिकांश भागमा मौसम सफा, कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

User Image Prime TV News ११ महिना अगाडि
Image of देशका अधिकांश भागमा मौसम सफा, कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले आज देशका अधिकांश भूभागमा मौसम सफा रहने जनाएको छ।

विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने बाँकी क्षेत्रमा मनसुनी र स्थानीय वायुको प्रभाव कमजोर छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। ती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहनेछ।

विभागका अनुसार राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने केही स्थानमा हल्का वर्षा हुन सक्नेछ। देशका अन्य भागमा भने मौसम सफा रहने विभागको भनाइ छ।

मौसमविद्हरूले पश्चिमी वायुको क्रमिक प्रभावका कारण देशका पश्चिमी भागमा केही दिनसम्म आंशिक बदली रहन सक्ने बताएका छन्।