मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालन

User Image Prime TV News २ घण्टा अगाडि
Image of मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालन

काठमाडौ । मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो र माथिबाट खसेको लेदोका कारण सडक एकतर्फी सञ्चालनमा आएको छ।

तुइनखोला पुल र नाम्सी खोलाको नयाँ पुल क्षेत्रमा माथिबाट ढुंगा खस्दा सडक अवरुद्ध भएको हो। सडक डिभिजन भरतपुरले पहिरो र लेदो हटाउन उपकरण परिचालन गरी सफाइको काम गरिरहेको जनाएको छ।

लगातार वर्षा भइरहेकाले पहिरोको जोखिम अझै कायम रहेको भन्दै यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न आग्रह गरिएको छ। साथै, मौसम र सडकको अवस्थालाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।