नेपाल शिक्षक महासंघ भदौदेखि आन्दोलनमा जाने
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेपाल शिक्षक महासंघले भदौ महिनादेखि आन्दोलन गर्ने निर्णय गरेको छ।
महासचिव तुलाबहादुर थापाका अनुसार महासंघको परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो भने आन्दोलनको मिति विस्तारित कार्यालय बैठकले तय गर्नेछ। महासंघले नयाँ शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग दोहोर्याएको छ।
साथै, शिक्षा नियमावलीको १०औँ संशोधनमा समेटिएका केही प्रावधानप्रति असहमति जनाएको छ। महासंघले शिक्षक सरुवा व्यवस्था, विद्यालय कर्मचारी, ईसीडी शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षकहरूको उचित व्यवस्थापन गर्न सरकारसँग माग गर्दै आएको छ।







