सुनसरीका देवानगञ्ज र हरिनगरमा आज पनि निषेधाज्ञा

User Image Prime TV News एक घण्टा अगाडि
Image of सुनसरीका देवानगञ्ज र हरिनगरमा आज पनि निषेधाज्ञा

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकामा आज पनि निषेधाज्ञा जारी गरेको छ।

सोमबार जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम बिहान १० बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार जिल्लाको सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख भए पनि शान्ति–सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको हो।