क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजको विवाहको चर्चा

User Image Prime TV News २ घण्टा अगाडि
Image of क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजको विवाहको चर्चा

काठमाडौ । विश्वप्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी साथी जर्जिना रोड्रिगेज आगामी अगस्ट ८ मा पोर्चुगलको मडेरास्थित फन्चल क्याथेड्रलमा विवाह बन्धनमा बाँधिने चर्चा चलेको छ।

पोर्चुगिज सञ्चारमाध्यमहरूका अनुसार विवाह समारोहका लागि नजिकैको सभोय प्यालेस होटल पनि बुक गरिएको बताइएको छ। बेलायती सञ्चारमाध्यम डेली मेल ले पनि उनीहरू आगामी साता विवाह गर्ने तयारीमा रहेको समाचार प्रकाशित गरेको छ।

यद्यपि, रोनाल्डो र रोड्रिगेज दुवैले यसबारे कुनै आधिकारिक पुष्टि गरेका छैनन्। रोनाल्डोको जन्मस्थान मडेरा र उनको क्याथोलिक आस्थाका कारण चर्चमा विवाह गर्ने सम्भावनालाई विशेष रूपमा हेरिएको छ। सम्भावित विवाहलाई हालै टेलर स्विफ्ट र ट्राभिस केल्सेको चर्चित विवाह समारोहसँग तुलना गरिएको भए पनि अतिथि सूची, समारोहको स्वरूप तथा सुरक्षा व्यवस्थाबारे कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन।