एमाले महासचिव पोखरेलको आरोपः ‘सत्तापक्षले आफ्नै कार्यकर्ता उतारेर हिंसाको दोष विपक्षीलाई थोपर्छ’
Prime TV News ४८ मिनेट अगाडि 
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर हिंसा मच्चाउने र त्यसको दोष विपक्षीमाथि थोपर्ने रणनीति अपनाएको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, उनीहरूसँगै वार्ता गरेर सम्झौता गर्ने र त्यसपछि हिंसाको जिम्मेवारी विपक्षीमाथि थोपर्ने काम भइरहेको भन्दै व्यंग्य गरेका छन्।
पोखरेलले लेखेका छन्, “आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चाहिँ अरूमाथि थोपर्ने यो जुक्ति गजबको छैन त?”
उनको यो टिप्पणी पछिल्लो समय देशका विभिन्न आन्दोलन, झडप तथा सरकारसँग भएका सम्झौताहरूको सन्दर्भमा आएको हो। उनले सत्तारुढ पक्षले योजनाबद्ध रूपमा परिस्थिति भड्काएर त्यसको राजनीतिक दोष विपक्षी दलहरूलाई दिन खोजेको आरोपसमेत लगाएका छन्।







