गौंथली’को बक्स अफिस कमाइ साढे १३ करोड नाघ्यो
Prime TV News ५१ मिनेट अगाडि 
काठमाडौ । नेपाली फिल्म ‘गौंथली’ ले प्रदर्शनको १७ दिनमै बक्स अफिसमा १३ करोड ६४ लाख ४६ हजार ५३५ रुपैयाँ ग्रस कमाइ गरेको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार साउन १७ गतेसम्म फिल्मका ४ लाख ९४ हजार ९१५ टिकट बिक्री भएका छन्। साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले छोटो समयमै उल्लेखनीय व्यापार गर्न सफल भएको हो।
‘गौंथली’ यस वर्ष हालसम्मकै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ। यसले यसअघि प्रदर्शनमा आएका चर्चित नेपाली फिल्महरूको बक्स अफिस रेकर्डसमेत उछिनेको बोर्डको तथ्यांकले देखाएको छ।
कपिल रिजाल निर्देशित फिल्ममा अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। फिल्मका निर्माता सुमन गिरी र कपिल रिजाल हुन्।







