सुन–चाँदीको भाउ फेरि बढ्यो, सुन तोलाको २ लाख ८४ हजार रुपैयाँ
Prime TV News ५० मिनेट अगाडि 
काठमाडौ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य १ हजार ८ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ बढेर ४ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ। यसअघि गएको माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर नेपाली बजारमा हालसम्मकै उच्च रेकर्ड बनाएको थियो।
त्यस्तै, सोही दिन चाँदीको मूल्य पनि प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेर ऐतिहासिक उच्च स्तरमा पुगेको थियो। यस्तै, गएको माघ १८ गते चाँदीको मूल्य एकैदिन प्रतितोला १ हजार ५६५ रुपैयाँ घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो दैनिक गिरावट मानिन्छ।







