सुनकोशीमा यात्रुसहित कार खस्यो, उद्धारका लागि टोली घटनास्थलतर्फ
Prime TV News ५५ मिनेट अगाडि 
काठमाडौ । रामेछाप–सिन्धुली–ओखलढुङ्गाको सिमाना नजिक लिखु खोला क्षेत्रमा यात्रुसहितको कार सुनकोशी नदीमा खसेको छ।
मध्यपहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका–२ नवलपुर, सिन्धुलीमा बसको ठक्करबाट सडक निर्माण साइटमा खटिएका कन्ट्रयाक्टरसहित सवार कार नदीमा खसेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिएका छन्।
बरालका अनुसार कारमा चार जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनी आफैं पनि घटनास्थलतर्फ जाँदै गरेको बताएका छन्। घटनाको थप विवरण र उद्धार अवस्थाबारे जानकारी आउन बाँकी छ।







