१५ बुँदे माग राख्दै नर्सहरूको काठमाडौंमा प्रदर्शन

User Image Prime TV News २ घण्टा अगाडि
Image of १५ बुँदे माग राख्दै नर्सहरूको काठमाडौंमा प्रदर्शन

काठमाडौ । विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

नर्सिङ क्षेत्र सुधारको माग गर्दै ज्योति रानाभाटले सुरु गरेको आमरण अनशनको पाँचौँ दिन नर्सहरूले वीर अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी नर्सहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चितता, श्रमशोषणको अन्त्यलगायत १५ बुँदे माग पूरा गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले ‘१५ बुँदे माग पूरा गर’, ‘ज्योतिको जीवन बचाउ’, ‘न्यायमा ढिलाइ, जीवनमा जोखिम’, ‘नर्सिङ सुधारको स्पष्ट रोडम्याप’ र ‘नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।