मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, पहिरो हटाउन उपकरण परिचालन

User Image Prime TV News ३ घण्टा अगाडि
Image of मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, पहिरो हटाउन उपकरण परिचालन

काठमाडौ । मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ।

मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध बनेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। सडक डिभिजनका अनुसार सोमबार दिउँसो २:१० बजेदेखि सडक अवरुद्ध भएको हो।

पहिरो पन्छाउन एउटा उपकरण परिचालन भइसकेको छ भने थप दुई वटा उपकरण पनि घटनास्थलतर्फ पठाइएको छ। पहिरो हटाउन करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ।

यसअघि सोमबार बिहान पनि सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो। पहिरो हटाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएपछि पुनः पहिरो खसेर अवरुद्ध भएको हो।