परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

User Image Prime TV News २ घण्टा अगाडि
Image of परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौ । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई सोमबार दिउँसो कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ गरेको हो। सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार भट्टराईलाई राहदानी ऐनअन्तर्गतको कसुरमा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार २०६८ सालमा भएको राहदानी ऐनसम्बन्धी कसुरमा उनी संलग्न रहेको भेटिएपछि नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध २०८२ चैतमा मात्रै मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। पक्राउ परेका भट्टराईलाई आवश्यक प्रक्रिया पूरा गरी अदालतमा बुझाउने तयारी भइरहेको सीआईबीले जनाएको छ।