सुनको मूल्यमा ऐतिहासिक वृद्धि, चाँदीले पनि बनायो नयाँ रेकर्ड

User Image Prime TV News एक महिना अगाडि
Image of सुनको मूल्यमा ऐतिहासिक वृद्धि, चाँदीले पनि बनायो नयाँ रेकर्ड

काठमाडौं । पछिल्ला केही दिनदेखि सुनको मूल्य लगातार उकालो लाग्दै जाँदा दैनिक रूपमा नयाँ रेकर्डहरू बनिरहेका छन्। नेपालमा सुनको मूल्य पहिलोपटक प्रतितोला दुई लाख रुपैयाँ नाघेपछि यसको मूल्य दिनहुँ उच्च हुँदै गएको हो ।

शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँमा पुगेको थियो। त्यसको भोलिपल्ट आइतबार मूल्यमा थप ३ हजार रुपैयाँको वृद्धि भई २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यी दुबै दिन सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो।

आज सोमबार पुनः २ हजार रुपैयाँले मूल्य बढेर सुन प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा पुगेको छ। यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो । सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज २४७० रुपैयाँमा पुगेको छ । 

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि प्रत्यक्ष रूपमा परेको हो।